×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा  ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज शनिबार से २ प ५६५८ नं को मोटरसाइकललाई से १ त ९६६८ नं को ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार ट्र्याक्टर चालक बेदकोट नगरपालिका–१० का २५ वर्षीय राकेश राना रहेका छन् । रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरू गरेको छ ।

प्रतिकृया दिनुहोस्