×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से परिसूचक २१.९७ अंकले गिरावट

नेप्से परिसूचक २१.९७ अंकले गिरावट

काठमाडौँ- मंगलवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार उच्च अंकले घटेको छ । बुधवार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले घटेको छ ।

बुधवार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवारको भन्दा बुधवार कारोबार रकम भने सामान्य बढेको छ । मंगलवार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी घटेको देखिन्छ । बुधबार नेप्से घटेपनि  हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत,दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ। तर यता हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ । बुधवार नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । (रासस)

 

प्रतिकृया दिनुहोस्