×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रर्दशन

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रर्दशन

काठमाडौं- भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ । शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रर्दशन गरेका हुन । उनीहरूले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खवरदारी गरेका छन् ।

‘प्रचण्ड सरकारलाई खवरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाई, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दवाव परेको छ ।

यता, सरकारले पनि सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तर पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव समेत रहनु भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन । उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरूले सचेत गराएका छन ।

 

 

प्रतिकृया दिनुहोस्