×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

 

मनिला- फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् ।

भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ । वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ । एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ ।

राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतबार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ । “यी अवस्थाहरूमा, बाढी र वर्षा–प्रेरित पहिरोको सम्भावित क्षेत्रहरूमा उच्च जोखिममा रहेका पीएजिएएसएका अधिकारीले जानकारी दिएका छन् ।

८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् । एजेन्सी ।

प्रतिकृया दिनुहोस्