×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोहोर व्यवस्थापनमा समस्या

फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं - ललितपुर महानगरपालिकामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर÷कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने छुट्याएर घरमै व्यवस्थापन गर्न उनले अनुरोध गरेका हुन् ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण महानगरको फोहोर विर्सजन स्थल (ल्याण्ड फिल्ड साइट) पुग्ने सडक अवरुद्ध भएकाले महानगरको अस्थायी स्थलमा नै फोहोर जम्मा गरिएको थियो ।उनले भने, ‘फोहोरको व्यवस्थापन गर्न महानगरले प्रयास गरिरहेको छ, समस्या समाधानका लागि केही समय लाग्छ, त्यसैले कुहिने र नकुहिने गरी छुट्याएर घरमै व्यवस्थापन गरिदिनु हुनु अनरोध गर्छु ।’

प्रतिकृया दिनुहोस्