बैतडीको सिगास गाउँपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सिगास ३ बाट डडेलधुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगन बजार नजिकै दुर्घटना भएको हो । ज्यान गुमाउनेमा सिगास गाउपालिका ३ का अन्दाजी ४५ बर्षीय मान सिह साउद र ६५ बर्षीय राम सिह धामी (राईते), ५० बर्षीय जय सिह धामी रहेको बताईएको छ ।
यस्तै दुर्घटनामा परि ११ जना घाइते भएका छन । घाइतहुनेमा सिगास गाउँपालिका ३ का ५५ बर्षीय कृष्ण साउद, २५ बर्षीय राजेन्द्र धामी, २० बर्षीय लोकेन्द्र सिह धामी, ४५ बर्षीय दलबिर सिह साउद, ४२ बर्षीय गौमती साउद , ३० बर्षीय करन सिह धामी , ४० बर्षीय बास्मती धामी ,१९ बर्षीय लोचन धामी, ४० बर्षीय शेर सिह धामी, २० बर्षीय सरस्वती साउद रहेका छन । यस्तै घाइते हुनेमा एक जना सिगास गाउँपालिका वडा नम्बर ८ लुपुडका १० बर्षीय पुरूष लक्ष्मण सिह बोहरा रहेको घटनास्थलमा आएका प्रहरीलाई उद्धृत गर्दै दीपेन्द्र सिह धामीले जानकारी दिए। लक्ष्मण सिह बोहरा को अवस्था पनि गम्भीर रहेको पनि उनले बताए।
डडेलधुराको ठाटा प्रहरीचौकी बाट घटनास्थलमा प्रहरी पुगेका छन । जीव सडकबाट करिब ५० मिटर तल खसेको छ । जीव चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।