×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रबि–भेडेटार सडक निर्माणमा प्रदेश प्रमुखखापुङले सरकार समक्ष पहल गर्ने

रबि–भेडेटार सडक निर्माणमा प्रदेश प्रमुखखापुङले सरकार समक्ष पहल गर्ने

जितेन्द्र भण्डारी, पाँचथर- राष्ट्रिय गौरवको आयोजनाको रुप्माराके रबि–भेडेटार सडक निर्माणमा ढिला भएको विषयमा प्रदेश १ का प्रमुख परशुराम खापुङले संघीय सरकार समक्ष पहल गर्ने बताउनु भएको छ । पाँचथरको फिदिममा फिदिम नगरपालिकाले बुधबार गरेको छलफल अन्र्तक्रिया कार्यक्रममा वोल्दै उहाँले उक्त सडकको लागि आह्वान गर्नुभएको हो । अहिले निरन्तरको वर्षादको कारण सडक विग्रिएर आवातजावत नै बन्द हुने अवस्था पुगेको छ ।

उक्त सडक खण्ड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कालो पत्रे शिलान्यास गरिएको थियो ।जिल्लाको भौतिक भौगोलिक पुर्वाधार, सडक, खानेपानी, शिक्षा स्वास्थ्य, सुरक्षा को अवस्था बारे, नगर उप प्रमुख राधाकृष्ण न्यौपाने, प्रजिअ गणेश गैरे, जिसस प्रमुख रामराज आङदेम्बेले जानकारी गराउनुभएको थियो ।

नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षमा भएको सभामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जिल्ला र नगरको संक्षिप्त परिचय दिनुभएको थियो । उक्त सभालाई खापुङले नीतिगत रुपमा मेरुदण्डमा रहेको स्थानीय निकायलाई मजबुत बनाउन सकिने बताउनुभयो ।  

प्रतिकृया दिनुहोस्