गुल्मी । गत जेठ ३ गतेवाट गुल्मीको परमानन्दनगरमा आयोजना गरिएको महायज्ञमा दर्शन गर्नका लागी भक्तजनहरुको व्यापक सहभागीता रहेको छ । पवित्र स्थल सत्यवती गाउँपालिका ६ को परमानन्दनगर मा स्थापित परमानन्द स्मृति प्रतिष्ठानले आयोजना गरेको विश्वशान्ती धनधान्याचल एवम् श्रीमद्भागवत विराट ज्ञानमहायज्ञमा भक्तजनहरुको व्यापक सहभागीता रहेको हो ।
ब्रह्मलिन गुरूवर राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजज्युको तपस्थली एवम् सिद्दी प्राप्त गरेको पवित्र स्थल परमानन्दनगर आयोजित विराट ज्ञानमहायज्ञमा हरेक दिन नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती जि महाराज र १००८ स्वामी विबेकानन्द सरस्वती जि महाराजको दार्शिनिक प्रवचन चलिरहेको छ भने संस्कृत बिश्वबिद्यालयका उपप्रध्यापक आचार्य श्री मनोज भण्डारीले संगितमय कथा प्रवचन गरिरहनुभएको छ ।
साेही स्थानमा रहेकाे मुक्तेश्वर महादेव मन्दिरमा नित्य पुजाका लागी अक्षयकोष स्थापना, गौ आश्रम निर्माण, आर्युवेद औषधालय स्थापना, बालसस्कार केन्द्रको निर्माण, मन्दिरलाई ध्यान र ज्ञान केन्द्रको रुपमा संचालन गर्ने उद्धेस्यका साथ आयोजित विराट ज्ञानमहायज्ञ आगामी जेठ १० गतेसम्म सञ्चालन हुने आयोजक सस्थाले जानकारी दिएको । महायज्ञमा प्रत्येक दिन विशिष्ट सन्तमहन्त, विद्दान, विदुषी, आचार्य हरूकाे उद्वबोधन र ख्यातीप्राप्त कलाकारहरूको समेत भजन किर्तन चलिरहेको छ ।
आयोजक परमानन्द स्मृति प्रतिष्ठानकी अध्यक्ष शुवर्ण ज्वारचनले दिएको जानकारी अनुसार महायज्ञमा स्थानिय भक्तजनहरु सहित राजधानी काठमाण्डौं, छिमेकी जिल्ला पाल्पा,स्वाङ्जा, अर्घाखाँची, पर्वत,बाग्लुगं लगायत रुपन्देही कनिलवस्तुवाट भक्तजनहरुको व्यापक सहभागीता रहेको छ ।