×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा दैनिक काेराेना संक्रमितकाे संख्या घट्दै

भारतमा दैनिक काेराेना संक्रमितकाे संख्या घट्दै

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरूको संख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितहरूको संख्या घट्दै गइरहेको देखिएको हो ।

मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएका छन् । अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक संक्रमितहरूको
संख्या २७ हजार ४६९ ले घटेको थियो ।

भारतमा अहिले कोरानाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरूको संख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्या भन्दा संक्रमणमुक्त भएकाहरूको संख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय संक्रमितहरूको संख्या पनि घट्दै गएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्