×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र अनिवार्य

काठमाडौं - भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले राजपत्रमा प्रकाशित सूचनाअनुसार एकपटकमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा खरिद–बिक्री गर्ने संस्था वा कम्पनीहरूलाई २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको हो।

इजाजतपत्रका लागि कारोबारको सीमाअनुसार दस्तुरसमेत तोकिएको छ। ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले ५ लाख रुपैयाँ र ५ करोडभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। यसअघि आवेदन दिएर २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका कम्पनीहरूले पनि पुनः आवेदन दिनुपर्नेछ। साथै, सञ्चालकहरूले आपराधिक क्रियाकलापमा संलग्न नरहेको प्रहरी प्रतिवेदन (प्रहरी अभिलेख) अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था विभागले गरेको छ।

प्रतिकृया दिनुहोस्