×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाकी सोविता गौतम उपसभामुखको उम्मेदवार

रास्वपाकी सोविता गौतम उपसभामुखको उम्मेदवार

काठमाडौँ-  सभामुखमा देवराज घिमिरे निर्वाचित भएसँगै संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन्। उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ। सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ।

प्रतिकृया दिनुहोस्