×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण हुने

त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण हुने

काठमाडौं - देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संसोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् । 

विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यादेशमा उल्लेख छ । नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’ देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रुपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्