×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भवाना

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भवाना

जल तथा मौसम विज्ञान विभागले आइतबार पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनका साथै यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

शनिबार दिउँसो केही घण्टा भएको वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेको थियो । 

 

 

 

प्रतिकृया दिनुहोस्