×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पञ्जाबको कप्तान बने मंयक

पञ्जाबको कप्तान बने मंयक

काठमाडौँ- आइपीएल क्लव पञ्जाब किंग्सको कप्तानमा मंयक अग्रवाल चयन भएका छन् । क्लबले १२ करोडमा रिटेन गरेका मयंकलाई कप्तान बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी २०१८ देखि यो टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका छन् । २०११ मा आईपीएलमा डेब्यू गरेका मंयक यो प्रतियोगिताको १०० खेलमा २३.४६ को औसतमा २१३५ रन बनाएका छन् । ९५ इनिङमा उनले १ शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

गत संस्करणमा टीमको कप्तान केएल राहुल थिए । उनको अनुपस्थितिमा मंयकले कप्तानको जिम्मेवारी निर्वाह गर्ने गरेका थिए । पञ्जाबका पूर्वकप्तान राहुल भने १७ करोडमा लखनउमा आबद्ध भएका छन् ।

आईपीएल २६ मार्चदेखि शुरू हुँदै छ । प्रतियोगिताको फाइनल २९ मेमा हुनेछ । लिग चरणमा सबै ७० खेल महाराष्ट्रमा खेलिनेछ । ५५ खेल मुम्बई र १५ खेल पुणेमा हुने छ । आईपिएलको पूर्ण तालिका भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्