×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राखेपका ९ जना बोर्ड सदस्यसँग मागियो स्पष्टिकरण

राखेपका ९ जना बोर्ड सदस्यसँग मागियो स्पष्टिकरण

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ । खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग स्पष्टिकरण मागेका हुन् । खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी तथा विज्ञको रुपमा मनोनित इन्दिरा निरौला, रिम रानाभाटसँग स्पष्टिकरण माग गरिएको छ । यस्तै उधोग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसीक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोबिन्द भट्टराईसँग स्पष्टिकरण माग गरिएको हो ।

स्पष्टिकरण माग गरिएका सबै बोर्ड सदस्यलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए । सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्