×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड

संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  भने, ‘जनयुद्धको बेलामा क्रान्तिकारीहरूलाई सखापै पार्नुपर्छ भनेर राज्य, वर्ग, समुदाय वा एउटा विचार समूह नै लागेको थियो नि, नसकेर न हामी यहाँ छौँ अहिले । जनताले हामीलाई साथ दिएर पो यहाँ छौँ ।  प्रतिक्रियावादीले दया गरेर त हामी यहाँ भएको होइन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि हामीलाई कसैले माया गरेर दिएको होइन ।  तर अहिले त्यो उल्ट्याउने षडयन्त्र भयो । ‘

यस्तै उनले नेपालमा भएको परिवर्तन केही समूहले मन नपराएकाले सुरु देखि नै षड्यन्त्र गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस्