×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन लागू

काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन लागू

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले स्मार्ट लकडाउन लागू गर्ने निर्णय गरेको हो ।  स्मार्ट लकडाउन गएराति १२ बजेदेखि लागू भएको छ । अब घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने, साबुन पानीले हात धुनु पर्ने र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नु पर्नेछ ।

भिडभाड तथा राजनीतिक गतिविधि गर्न पाइने छैन भने सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ  यसैगरी सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्नेछ । सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, गाडीको ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।  उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । कोभिड-१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज बनाइने भएको छ ।

प्रतिकृया दिनुहोस्