×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हटाइयो चोलेन्द्र निवासबाट सुरक्षाकर्मी

हटाइयो चोलेन्द्र निवासबाट सुरक्षाकर्मी

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बालुवाटारस्थित सरकारी निवास परिसरबाट सुरक्षाकर्मी हटाइएको छ।

आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन दिएको थिएन। बालुवाटारस्थित निवासमा आउजाउ गर्नेको प्रहरीले रेकर्ड राख्दै चेकजाँच गरेको थियो। 

राष्ट्रिय मानव अधिकार आयोगले राणाको निवासमा प्रहरी तैनाथीबारे सरकारलाई ध्यानाकर्षण गराएको थियो। सरकारले आइतबार नै राणाको निवासबाट केही सुरक्षाकर्मी हटाएको थियो।   १ फागुनमा महाभियोग दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधिसभाको कार्यकाल सकिएकाले महाभियोग प्रस्ताव पनि निष्क्रिय भएको दाबी गर्दै आएका छन्।आइतबार छेकबारमा परेका राणा मंगलबार सर्वोच्च अदालत आउन सक्ने भन्दै अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रतिकृया दिनुहोस्