×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक, नयाँ कार्यतालिका मुख्य एजेण्डा

कांग्रेस केन्द्रीय समिति बैठक, नयाँ कार्यतालिका मुख्य एजेण्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बाेलाइएकाे हाे ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यतालिका अनुसार गाउँ / नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ / नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते गर्ने तालिका थियो । यद्यपि, क्रियाशील सदस्यताको विवादका कारण साउन २६ गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।

बुधबार सभापति शेरबहादुर देउवाले बिहान ९ बजेदेखि बुढानिलकण्ठमा आफू पक्षका नेताहरुसँग बैठक गरेर दिउँसो २ बजे पौडेल, सिटौलासहितका नेताहरुसँग छलफल गरेका थिए । देउवा पक्षीय नेताहरुको छलफलबाट पौडेललाई विश्वासमा लिएर महाधिवेशन सार्ने रणनीति तय भएको छ ।

प्रतिकृया दिनुहोस्