×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घरमै ५० थान लालपुर्जा र सरकारी छाप लुकाएर ठगी गर्ने एकै परिवारका तीन जना पक्राउ

घरमै ५० थान लालपुर्जा र सरकारी छाप लुकाएर ठगी गर्ने एकै परिवारका तीन जना पक्राउ

जनकपुर - धनुषा प्रहरीले दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई थाहै नदिई बैंकमा धितो राखेर ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम-१६ का ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती रेखा साह र छोरा हरेराम साह छन्। उनीहरूलाई जनकपुर, जटही सीमा नाका र काठमाडौँबाट छुट्टाछुट्टै टोलीले पक्राउ गरेको हो।

पीडित गोविन्द कुमार साहले व्यापारका लागि गोपालसँग ९९ लाख ऋण लिँदा जग्गा दृष्टिबन्धक राखिदिएका थिए। तर, साह परिवारले सोही जग्गा बैंकमा राखेर ४ करोड ऋण निकालेको खुल्यो। गोपालको घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता र विभिन्न सरकारी छापसमेत बरामद भएको छ।

प्रतिकृया दिनुहोस्