×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काेराेना संक्रमित तिनजनाकाे मृत्यु

काेराेना संक्रमित तिनजनाकाे मृत्यु

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।

तीनैजनाको आज बहान फरक–फरक समयमा मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको आज बिहान ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभएको छ । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।

यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा आज बिहान १० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभएको छ । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको बताइएको छ ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा आज बिहान ७ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या थियो ।

प्रतिकृया दिनुहोस्