×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिरगंज २२ का निर्वाचित अध्यक्ष ग्यासुद्दिन एमाले प्रबेश

बिरगंज २२ का निर्वाचित अध्यक्ष ग्यासुद्दिन एमाले प्रबेश

काठमाडौँ- २०७४ सालको स्थानीय तहको निर्बाचनमा जसपाबाट निर्बाचित वडा अध्यक्ष ग्यासुद्दिन मियाँ एमालेमा प्रबेश गरेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष मियाँले १०८७ मत ल्याइ निर्वाचित भएका थिए । उनि लगायत सयौंको संख्यामा रहेको जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेसँंगै उक्त वडामा पनि एमालेले शक्तिशाली भएको एमाले पार्टी केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले बताए ।

अध्यक्ष मियाँलाई हजरा, केन्द्रीय सदस्य अरबिन्द सिँह, संबिधान सभाका सदस्य बिचारी यादब, प्रदेश कमिटीका सदस्य बसुरुद्दिन अन्सारी, नगर प्रमुख बिजय कुमार सरावगी, चन्दन मिश्र, शिव गुप्ता, इमरान आलम लगायतका एमालेका अगूवा नेताहरुले टिका लगाएर पार्टीमा प्रबेश गराएका थिए । सो अवसरमा नव प्रबेशी मियाँले एमालेले जे बोल्छ त्यो गरेर देखाएको हुनाले आफु निश्वार्थ रुपमा पार्टी प्रबेश गरेको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्