×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलामी जादाँ बेपत्ता भएका युवक मृत फेला

मलामी जादाँ  बेपत्ता  भएका युवक  मृत फेला

काठमाडौ - बैतडीमा खोलाले बगाएर बेपत्ता भएका युवकको शव फेला परेको छ । खोलामा बगेर बेपत्ता भएका बैतडीको सिगास गाउँपालिका २ का २२ वर्षीय युवक प्रकाशसिंह धामी मृत फेला परेका हुन् । आफन्तको मलामी गएका प्रकाश आज बिहान १० बजे नुहाउने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको प्रकाशको खोजी गर्दै जाँदा आज दिउँसो १ बजेतिर बगेको ठाउँबाट १ किलोमिटर तल मृत अवस्थामा भेट्टाएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । प्रकाशको शव खोलाको बीचभागमा अड्किएको अवस्थामा फेला परेको हो ।

यस्तै मलामी गएका नरेन्द्र सिंह धामी,वीरेन्द्र सिंह धामी ,नन्द धामी र वीरेन्द्र धामीलाई पनि बिहान खोलाले बगाएको थियो । उनीहरूको मलामी गएकाहरूले सकुशल उद्धार गरेका छन् ।
लगातारको वर्षाका कारण खोलामा एक्कासि पानीको सतह बढेर उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस्