×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै संसदीय समितिमा उजुरी

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै संसदीय समितिमा उजुरी

काठमाडौँ-  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले निगमविरुद्ध संसदीय समितिमा उजुरी दिएको छ । 

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएका हुन् ।

इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख गरिएको छ । निगमले विभिन्न बहानामा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेको अध्यक्ष महर्जनले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ । घटेको मूल्य अनुसार मूल्य घटाएर उपभोक्तालाई राहत दिनुपर्ने उनले माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्