×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१५ हजार मतान्तरले चुनाव जित्छु : मन्त्री पौडेल

१५ हजार मतान्तरले चुनाव जित्छु : मन्त्री पौडेल

बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए ।

प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरु संविधान विरोधी भएको समेत बताए ।

बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले भने, “पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।”

पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको उनको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गरे ।

प्रतिकृया दिनुहोस्