×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

काठमाडौँ- नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमुनामा ओमिक्रोन र चार नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

एस जीन पोजेटिभ भएका ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको उनले जानकारी दिए । यो नतिजा हेर्दा नेपालमा पनि अन्य मुलुकमा जस्तै ओमिक्रोन भेरियन्टले डेल्टालाई प्रतिस्थापन गरेको डा.अधिकारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्