काठमाडौँ- नेपाल सम्बत् ११४२ को मिस नेवाः नेपालको उपाधि सलिना महर्जनले हात पारेकी छिन्। काठमाडौँको चःमतीकी सलिनाले १६औं संस्करणको मिस नेवाःको उपाधि जितेकी हुन्।
नेप्लिज फेसन होमको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रमको फाइनलमा १८ जना प्रतिस्पर्धिहरू सहभागी थिए। उनीहरूमध्येबाट महर्जनले सबैलाई पछि पार्दै मिस नेवाःको उपाधि हात पारेकी हुन्। उपाधि जितेसँगै सलिनाले एक लाख रुपैयाँ नगद प्राप्त गरेकी छन् भने क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूतसमेत नियुक्त भएकी छन्।
सलिनालाई पछ्याउँदै ठमेलकी सविना बज्राचार्य र भक्तपुर थिमीकी सेलिना प्रजापति क्रमशः फर्स्ट र सेकेण्ड रनर अप भएका छन्।