×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

दिपेन्द्रको शतक र देवको उत्कृष्ट ब्याटिंङको मद्दतमा नेपालले पपुवा न्यूगेनीलाई दियो २७९ रनको लक्ष्य

दिपेन्द्रको शतक र देवको उत्कृष्ट ब्याटिंङको मद्दतमा नेपालले पपुवा न्यूगेनीलाई दियो २७९ रनको लक्ष्य

काठमाडौं - दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ ।

दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ ।

दिपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।
ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पुरा गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

पारसले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहर गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । रोहितले शुक्रबार पीएनजीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेल्दै सर्वाधिक रनको कीर्तिमान बनाएका थिए ।

खेलमा खराब सुरुवात गरेको नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए । दोस्रो खेल खेल्दै गरेका देवले ७२ रन बनाएर आउट भए ।

नेपाल आज पीएनजीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ । पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ ।

दुई खेलको एकदिवसीय सिरिजमा पीएनजी १-० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ। एकदिवसीय र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो ।

युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो । उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो ।

प्रतिकृया दिनुहोस्