×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रदेश

विराटनगरमा इट्टा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगरमा  इट्टा व्यवसायीमाथि खुकुरी प्रहार

 

विराटनगर -  विराटनगरमा एकजना इट्टा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । काभ्रे घर भएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह उच्च अदालत विराटनगरको गेट नजिकै  खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
घाइते लामालाई विराटनगर अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का विमल कार्कीलाई पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । लामाको पेट र दाहिने हातमा गहिरो चोटपटक लागेको जनाइएको छ । घाइते लामाको अवस्था खतरामुक्त रहेको जनाइएको छ । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इट्टा उद्योगमा लामाको पनि सेयर रहेको जनाइएको छ ।
उक्त उद्योगमा लगानीबारे लगानीकर्ताहरुबीच विवाद रहँदै आएको जनाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा उक्त इट्टा उद्योगको विवादकै कारण विराटनगर आएको प्रहरीले जनाएको छ । 

दुईजनाले लामामाथि खुकुरी प्रहार गरेपनि कार्की पक्राउ परिसकेका छन् । घटनामा कार्कीसहित दुईजना संलग्न रहेको खुलेको छ । घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्