×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न अध्यक्ष ओलीको आग्रह

आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न अध्यक्ष ओलीको आग्रह

भक्तपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 
आजदेखि भक्तपुरको गठ्ठाघरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीका नेताहरूले देश र जनताको सेवक भएर काम गर्नुपर्ने बताउनुहुँदै राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीका जनवर्गीय सङ्गठनहरू अधिवेशन बिना मनोनीत पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै सङ्गठनका अधिवेशन आयोजना गर्न निर्देशन दिनुभएको छ ।
अब जनसङ्गठनहरू अधिवेशन बिना निरन्तर रहन नसक्ने बताउनुहुँदै अध्यक्ष ओलीले तत्काल अधिवेशन गर्न जनसङ्गठनलाई निर्देशित गर्नुभयो  । उहाँले सबै सङ्गठनले आउने चुनावलाई असर पार्ने गरी नभई पार्टीको मार्गदर्शनमा काम गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 
उहाँले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबी गर्नुभयो । जनता एमालेको साथमा रहेकाले आउँदा निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गर्नु नपर्ने उहाँले जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदृढ र विस्तृत सङ्गठन निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।
उहाँले पार्टीमा अरू पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आउँदा निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । आउँदा निर्वाचनलाई ध्यानमा राखेर सुदृढ र विस्तृत सङ्गठन निर्माणको काममा ढिलाइ गर्न नहुने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँका पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिनुभएको छ ।
उहाँले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरूलाई आग्रह गर्नुभयो । 

प्रतिकृया दिनुहोस्