×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल टी–२० लिग : पोखराले पहिलो खेल जित्दा लुम्बिनीको पाचौं जित

नेपाल टी–२० लिग  : पोखराले पहिलो खेल जित्दा लुम्बिनीको पाचौं जित

काठमाडौं - नेपाल टी–२० क्रिकेट लिगमा पोखराले पहिलो जित निकाल्दा लुम्बिनीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखरा  एभेन्जर्सले काठमाडौंमा जारी पहिलो जित निकालेको छ । पोखराले फार वेस्ट युनाइटेडलाई तीन विकेटले हरायो ।

एक सय ८८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.१ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रन बनाउनुभयो । कुशल मल्लले ४०, सुमित महर्जनले ३८, सिद्धान्त लोहनी २३ र अमिर हम्जाले १२ रन बनाउनुभयो । बलिमा फार वेस्टका उमेर अलि, करण केसी र प्रकाश जैशीले दुई दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । फार वेस्टका लागि देव खनालले ३३, रशिद खानले ३२, उमर अलिले २२, हसिम अन्सारी र भिम सार्कीले १७/१७ तथा करण केसीले अविजित १२ रन बनाउनुभयो ।

बलिङमा पोखराका जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले दुई दुई विकेट लिनुभयो । कुशल मल्ल र आरिफ शेखले एक एक विकेट झार्नुभएको थियो । ६ खेलमा पहिलो जित निकालेको पोखरा दुई अङ्कसहित पाँचौं स्थानमा छ ।


आज (शुक्रबार) नै भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हराएर आफ्नो अपराजित यात्रा जारी राखेको  ।
लुम्बिनीको यो लगातार पाँचौं जित हो । जितसँगै लुम्बिनी शीर्षस्थानमा यथावत रहेको लुम्बिनी प्लेअफ नजिक पुगको छ । लुम्बिनीले दिएको एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो । 

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रन बनाउनुभयो ।  कमलसिंह ऐरीले अविजित १९, सुनाम गौतमले १८ र एलेक्स ब्लेकले ११ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका हरमित सिंहले तीन विकेट लिनुभयो । किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले एक एक विकेट झार्नुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रनब नाउनुभयो । लाहिरु मिलन्थाले २५, स्याड्ली भानले २१, कुशल भुर्तेलले १९, अनिल शाह १३ र हरमित सिंहले १२ बनाउनुभयो । 

बलिङमा काठमाडौंका अजमतुल्लाह उमरजाईले दुई विकेटलिनुभयो । अभिनाश बोहरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले एक एक विकेट लिनुभयो । जितसँगै अपराजित लुम्बिनीले १० अंक बनाएको छ । पराजित काठमाडौं तेस्रो स्थानमा छ । काठमाडौंले चार खेलबाट चार अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस्