काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीका सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । सभामुखले सापकोटाले ‘एसपीपीका सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यन्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।
बिहिबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने संसदहरूले एसपीपी अस्विकार गर्नेबारे अहिलेसम्म अमेरिकालाई चिठी नपठाएको भन्दै आपत्ति जनाएका थिए । परराष्ट्र मन्त्रलायले पत्रकार सम्मेलनमा एसपीपीबारे अध्ययन भइरहेको र अमेरिकालाई चिठी पठाउनेबारे छलफल भइरहेको बताएको थियो ।
परराष्ट्रको उक्त धारणापछि बिहीबारको प्रतिनिधि सभाको बैठकमा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ, एमाले सांसद भीम रावल लगायतले उक्त विषयबारे सरकारको धारणा माग गरेका थिए ।
मन्त्रिपरिषद्ले असार ६ एसपीपीमा सहभागी नहुने भन्दै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो। परराष्ट्रले हालसम्म पनि उक्त पत्र पठाएको छैन । एसपीपीबारे तत्काल अमेरिकालाई पत्र लेख्न सरकारलाई रुलिङ गर्न माग सभामुखसामू राख्दै बुधबार एमाले सांसद रावलले रोष्टम कब्जा गर्दा बैठक नै स्थागितसमेत गनुपरेको थियो ।