टोकियो । जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुका लागी वेभिनार कार्यक्रम हुने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत चिवा क्षेत्रिय समन्वय परिषदले अनलाईन मार्फत बिभिन्न विज्ञहरुको सहभागितामा वेभिनार कार्यक्रम गर्न लागेको हो ।
प्रत्येक महिना बिभिन्न बिषयमा राम्रो ज्ञान र अनुभव भएका बिशिष्ट अतिथिहरुसगँ अनलाईन लाईभ कार्यक्रम सञ्चालन गर्ने निर्णय भए बमोजिम वेभिनारको दोस्रो एपिसोड आगामी फेबुअरी १ तारिख आईतबार बेलुकी सात बजेदेखि गर्न लागेको एनआरएनए चिवाका संयोजक राजन बाबु सुवेदीले जानकारी दिनुभएको छ ।
दोस्रो एपिसोडमा अझै स्युस्योकु फिक्स नभएका बिधार्थीहरुलाई लक्षित गर्दै स्युूयोकु तथा अब गर्नुपर्ने तयारी सम्बन्धी प्रत्यक्ष जानकारी दिने उदेश्यले वेभीनार गर्न लागिएको हो । उक्त एपिसोडमा जापानमा अध्ययनरत बिदेशी बिद्यार्थीहरुका बिषयमा राम्रो ज्ञान हासिल गर्नुभएका Japan Association of foreigners का डाईरेक्टर समेत रहनुभएका डा. भुपाल मान श्रेष्ठ अतिथि वक्ताको रुपमा रहनुहुने भएको छ । सो कार्यक्रम एनआरएनए चिवाको आधिकारिक फेसबुक पेज NRNA JAPAN CHIBA वाट प्रत्यक्ष प्रशारण हुने आयोजक संस्थाले जानकारी दिएको छ ।