×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी–विशेष

हाम्राे टिमले बाड्याे तेह्रथुममा आपतकालिन राहत

हाम्राे टिमले बाड्याे तेह्रथुममा आपतकालिन राहत

काठमाडाै - सामाजिक काममा निरन्तर सक्रिय युवाहरूकाे समुह "हाम्राे टिम नेपालले तेह्रथुममा गएकाे आगलागीका कारण निकै समस्यामा परेका परिवारका सदस्यहरूलाई आपतकालिन राहत वितरण गरेकाे छ । गत हप्ता तेह्रथुमकाे फेदाप गाउँपालिका वार्ड न १ मा गएकाे आगलागीका कारण पुरै गाउँनै संकटमा परेपछि काठमाडाैँवाट हाम्राे टिम नेपालका युवाहरू आपतकालिन राहात लिएर प्रभावित क्षेत्रमै पुगेका थिए । हाम्राे टिमका  उमेश बाेहराकाे नेतृत्वमा पुगेका युवाहरूले प्रती परिवार रु ६००० नगद सहित  एक/एक जोर सिरक डसना राहात स्वरूप हस्तान्तरण गरेका हुन् ।  

मनकारी महिला समाजसेवीहरू इशा गुरुङ,सुनिता गुरुङ र सिमा श्रेष्ठले बिदेशवाट संकलन गरि पठाएकाे रकम  आगलागीकै कारण घरवारबिहीन भएका परिवारका सदस्यहरूलाइ नै भेटेर हस्तान्तरण गरिएकाे बाेहराले जानकारी दिएका छन् । हाम्राे टिम नेपालले केहि हप्ता अगाडी बाँकेकाे नरैनापुरमा भएकाे आगलागीकै कारण समस्यामा परेका करिब १६५ घरपरिवारका सदस्यहरूलाइ ४ दिनसम्म निशुल्क खाना खुवाएकाे थियाे ।  नरैनापुरमा निशुल्क खाना सहित राहात बितरणको काम सकेपछि तेह्रथुम जिल्ला फेदाप गाउपालिका वडा न १  तिनै युवाहरू आपतकालिन राहात लिएर पुगेका थिए । 

प्रतिकृया दिनुहोस्