×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीले ‘कांग्रेस प्रचण्डपथमा हिँड्यो’ भनेपछि विश्वप्रकाशले फर्काए यस्तो जवाफ

ओलीले ‘कांग्रेस प्रचण्डपथमा हिँड्यो’ भनेपछि विश्वप्रकाशले फर्काए यस्तो जवाफ

कांग्रेसमाथि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले लगाएको आरोपको जवाफ फर्काइएको छ। बालुवाटारमा आइतबार प्रेस चौतारी सम्बद्ध पत्रकारहरूसँगको अन्तर्क्रियामा ओलीले भनेका थिए, ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ, उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर, प्रचण्डपथमा हिंड्न थालेको छ।’ त्यसको जवाफ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन्।

शर्माले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसँग पार्टीकै ‘एकता’ निकै गौरवसँग गर्नुभएको थियो । आज मुद्दामा मात्रै कांग्रेसको कुरा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिल्दा ए ! प्रचण्डपथमा पो लाग्यो ? ‘सौ चुहे खा के बिल्ली चली हज को’ भन्ने कहावत यहाँकै लागि रहेछ नि केपी शर्मा ओली ?

 

 

प्रतिकृया दिनुहोस्