त्यस्तै उपविजेता बनेको न्युजिल्यान्डले करिब १० करोड प्राप्त गरेको छ । त्यस्तै सेमिफाइनलमा पुगेको पाकिस्तान र इंग्ल्यान्डले करिब ५/५ करोड प्राप्त गर्दा सुपर १२ मा पुगेका टीमले करिब ८३ लाख नगद हात पारे ।
सर्वाधिक रन बाबरको नाममा
प्रतियोगितामा सर्वाधिक धेरै रन पाकिस्तानका कप्तान बाबर आजमले बनाए । उनले ६ खेलमा ३०३ रन बनाए । त्यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर रहे । उनले ७ खेलमा २८९ रन बनाए । जहाँ तेस्रो स्थानमा पाकिस्तानै मोहम्मद रिजवान रहे । उनले ६ खेलमा २८१ रन बनाएका थिए । अस्ट्रेलियाका ओपनर वार्नरलाई प्लेयर अफ द टुर्नामेन्टको उपाधि दिएको थियो ।
कसले कति विकेट लिए ?
प्रतियोगितामा सर्वाधिक विकेट श्रीलंकाका वानिंन्दु हसंरगाको नाममा रह्यो । उनले १६ विकेट लिए । त्यस्तै दोस्रो नम्बरमा विश्व च्यामपियन बनेको अस्ट्रेलियाका एडम जाम्पाका नाममा १३ विकेट रह्यो ।
त्यस्तै तेस्रो सर्वाधिक विकेट लिने खेलाडी भने बंगलादेशी अलराउन्डर शकिब अल हसन रहे । उनले ११ विकेट लिए ।