×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

करेन्ट लागेर १ जनाको मृत्यु, दुई घाइते

करेन्ट लागेर १ जनाको मृत्यु, दुई घाइते

काठमाडौं-  दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन्। उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँथे।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए। पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए।

 

करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका– ४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन्। उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्