×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएशिया सेमिफाइनलमा,नेइमारको कीर्तिमान काम लागेन

ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएशिया सेमिफाइनलमा,नेइमारको कीर्तिमान काम लागेन

काठमाडौं - पाँचपटकको विश्व विजेता  ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनल प्रवेश गरेको छ। 

अतिरिक्त समयमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टीमा गएको खेलमा क्रोएसिया ४–२ ले विजयी भएको हो।

ब्राजिलकाे पहिलाे पेनाल्टीलाई क्राेयसियाका गाेलकिपरले राेकेका थिए भने चाैथाे पेनाल्टी पाेलमा लागेर फर्कियाे। क्राेयसियाका भने चारै खेलाडीले गाेल गरे।

त्यसअघि खेलको १०५औं मिनेटमा ब्राजिलका लागि नेइमारले गोल गरे पनि ११६औं मिनेटमा क्रोएसियाका ब्रुनो पेल्कोभिकले गोल गरेका थिए।

नेइमारकाे याे ७७औं अन्तर्राष्ट्रिय गोल हाे। यो गोलसँगै उनले ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बराबरी गरेका थिए। यद्यपि उनकाे गाेलले हार टार्न भने सकेन।

क्रोयसिया राउण्ड अफ १६ मा जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो भने दक्षिण कोरियालाई पराजित गरेर ब्राजिलले क्रोयसियासँगको भेट पक्का गरेको थियो।

प्रतिकृया दिनुहोस्