×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रभु साहलाई सहयोग गरेपछि एमालेका पाँच जनप्रतिनिधिलाई सोधियो स्पष्टीकरण

प्रभु साहलाई सहयोग गरेपछि एमालेका पाँच जनप्रतिनिधिलाई सोधियो स्पष्टीकरण

काठमाडौं- स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ । प्रभु साहको श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

 

प्रतिकृया दिनुहोस्