काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो।१ हजार ६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार २६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।