×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘किल बिल’ रिमेकमा कीर्ति सेनन

‘किल बिल’ रिमेकमा कीर्ति सेनन

एजेन्सी: निर्माता निखिल द्विवेदी क्विन्टेन टारान्टिनोको लोकप्रिय हलिउड चलचित्र ‘किल बिल’ को हिन्दी रिमेक बनाउने तयारीमा छन् ।   जसका लागि उनले रिमेक राइट्स दुई वर्ष पहिले खरिद गरेका थिए । त्यस बेलादेखि नै दर्शकले चलचित्रको हिन्दी रिमेक कुरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार चलचित्रको तयारी पूरा भइसकेको छ र अनुराग कश्यपले हिन्दी रिमेकलाई निर्देशन गर्नेछन् । अभिनेत्री कीर्ति सेनन अनुराग कश्यप निर्देशित ‘किल बिल’को हिन्दी रूपान्तरणमा मुख्य भूमिकामा देखिने चर्चा छ ।

यो भूमिकामा उमा थर्मनले चलचित्रमा अभिनय गरेकी थिइन् । लकडाउनको क्रममा निखिलले अनुराग कश्यपसँग एडाप्सनको काम सुरु गरेका थिए र अब यो पूरा भइसकेको छ । यदि कीर्ति यस भूमिकाका लागि तयार भइन् भने यो उनको यो पहिलो एक्सन-प्याक भूमिका हुनेछ ।

जसको लागि उनले धेरै तयारी गर्नुपर्ने हुन्छ । कृतिबाहेक यस चलचित्रमा अन्य दुई अभिनेत्रीहरू पनि हुनेछन् तर उनीहरूको नाम फाइनल भएको छैन । चलचित्रको छायाङ्कन अगिल्लो वर्ष सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्