×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाको प्रथम महाधिवेशन सम्पन्न: रवि र स्वर्णिम सर्वसम्मत, ९९ सदस्यीय केन्द्रीय समिति चयन

रास्वपाको प्रथम महाधिवेशन सम्पन्न: रवि र स्वर्णिम सर्वसम्मत, ९९ सदस्यीय केन्द्रीय समिति चयन

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न भएको छ । चितवनमा भएको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै ७ पदाधिकारी र ९९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।

महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत चयन हुनुभएको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू मतदान प्रक्रियाबाट चुनिएका हुन्।

७ पदाधिकारी निर्वाचित, १२ जना मनोनीत हुने
निर्वाचनबाट उपसभापति (महिला) मा सोविता गौतम विजयी हुनुभएको छ। यस्तै महामन्त्रीमा विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरूमा हरि ढकाल, असिम शाह र निशा डाँगी (महिला) निर्वाचित हुनुभएको छ।

पार्टीको विधानअनुसार अब सभापति रवि लामिछानेले थप १२ जना पदाधिकारी मनोनीत गर्नेछन्। जसमा वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह-प्रवक्ता ३, कोषाध्यक्ष १ र सह-कोषाध्यक्ष २ जना रहनेछन्।

यस्तो छ ९९ सदस्यीय केन्द्रीय समितिको बनोट:
महाधिवेशनले समावेशी र प्रादेशिक क्लस्टरका आधारमा केन्द्रीय सदस्यहरू चयन गरेको छ। जसको विस्तृत विवरण निम्नानुसार छ:

१. राष्ट्रिय खुला समूह (३२ जना)
डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, अस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य।

२. खस/आर्य समूह (१० जना)
पुरुष: सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वर कार्की 'रोहन'।

महिला: प्रकृति ढकाल, टिका संग्रौला 'ज्वाला', क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशिला कार्की पोख्रेल।

३. आदिवासी/जनजाति समूह (९ जना)
पुरुष: मिलन लिम्बु, शंकर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ।

महिला: आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुसुम महर्जन।

४. मधेशी समूह (५ जना)
पुरुष: बब्लु गुप्ता, अरविन्द साह, दिपक कुमार साह।

महिला: जुली यादव, कामिनी कुमारी चौधरी।

५. दलित समूह (४ जना)
पुरुष: विजय जैरु, शिव नेपाली।

महिला: सविना वि.क., खिमा बि.क.।

६. थारु समूह (२ जना)
करिश्मा कठरिया (महिला) र अशोक कुमार चौधरी (पुरुष)।

७. मुस्लिम समूह (२ जना)
समिना मिया (महिला) र रहबर अंसारी (पुरुष)।

प्रादेशिक क्लस्टर (प्रत्येक प्रदेशबाट ५ जना गरी ३५ जना)

  • कोशी प्रदेश: निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ।
  • मधेश प्रदेश: सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, अंकित कुमार यादव।
  • बागमती प्रदेश: प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा।
  • गण्डकी प्रदेश: पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, सोम शर्मा, विष्णु कुमारी गुरुङ (एकता)।
  • लुम्बिनी प्रदेश: कल्पना पाण्डे, संगिता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक, शर्मिला खनाल।
  • कर्णाली प्रदेश: सिता बादी, विनिता कठायत, टासी ल्हाइगजोम, मेनुका शाही, प्रकाश न्यौपाने।
  • सुदूरपश्चिम प्रदेश: हेमराज थापा, के. पी. खनाल, दीपक राज बोहरा, जानीका जोशी, चन्द्रा ऐर चाँदनी।

प्रथम महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेसँगै रास्वपाले आफ्नो सङ्गठनलाई थप सुदृढ र संस्थागत बनाउने विश्वास लिएको छ।

प्रतिकृया दिनुहोस्