×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कोशी प्रदेश

झापामा पौडी खेल्न गएका एक युवकको मृत्यु

झापामा पौडी खेल्न गएका एक युवकको मृत्यु

विर्तामोड - अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न गएका झापा कनकाई नगरपालिका २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ। 

कनकाई नगरपालिका २ निवासी गुरागाई साथीसहित स्थानीय कनकाई नदी दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः१५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतापले गोरखापत्रलाई जानकारी दिनुभयो। 

मृतक युवकको शवलाई पोस्टमार्टमका लागि दमक लगिएको छ। झापामा पछिल्लो समय अत्याधिक गर्मीका कारण प्राय सबै विद्यालय केही दिनका लागि बिदासमेत दिइएको छ।  

प्रतिकृया दिनुहोस्