×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टुँडिखेलको कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते

टुँडिखेलको कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते

काठमाडौं- माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते भएका छन्। मगर र थारु समुदायले आयोजना गरेको फरक–फरक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणको भीड अनियन्त्रित हुँदा भागदौड सुरु भएको थियो। 

उक्त भागदौडमा ८ जना घाइते भएको प्रहरीले जनाएको छ। भीडमा च्यापिएर घाइते भएकाहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको र उनीहरुको अवस्था सामान्य रहेको छ। 

कार्यक्रममा सहभागिताका लागि भित्र पस्ने र बाहिर निस्किनेहरुको घुँइचो बढेपछि केही तनाव भएको थियो। सामान्य झडप भागदौडमा परिणत हुँदा भीड अनियन्त्रित हुँदै च्यापिएर ८ जना घाइते भएका हुन्। प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्