नेपाल टेलिकमले चाडपर्वका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस पाइने अफर ल्याएकाे छ ।
उक्त अफरहरु असोज १९ गते देखि कार्तिक २ गतेसम्म लागु हुने टेलिकमले जनाएकाे छ । केही समय बन्द भएर याे अफर फेरी तिहार, न्हुँदया र छठका अवसरमा कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।
डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर रहेकाे छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।
यस्तै भ्वाइस सेवा अन्तर्गत २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक अफरमा उपलब्ध हुनेछ । टेलिकमकाे अनुसार यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिनेछ ।