काठमाडौँ- प्रेम र विछोडको कथामा आधारित मनछुने म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको कर्णप्रिय आवाज रहेको छ । गीतकार सुमन योञ्जनको मर्मस्पर्शी शब्द रहेको यस गीतलाई स्वयम् गायक सोताङले संगीतबद्ध गरेका हुन् । गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ ।
भिडिओमा मुकुन भुसाल र बिमला लिम्बूको सशक्त अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो । देविथान म्युजिकको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।