×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी–२० विश्वकपमा न्यूजिल्याण्ड र श्रीलंका भिड्दै

टी–२० विश्वकपमा न्यूजिल्याण्ड र श्रीलंका भिड्दै

एजेन्सी- स्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपमा आज एक खेल हुने तालिका छ । आज न्यूजिल्याण्ड र बंगलादेश खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि सिड्नीमा सुरु हुनेछ ।

न्यूजिल्याण्ड जारी विश्वकपमा दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा आयोजक अस्ट्रेलियालाई ८९ रनले हराएको थियो । दोस्रो खेलमा भने न्यूजिल्याण्डले वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्यो । श्रीलंकाले पहिलो खेलमा आयरल्याण्डलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने ऊ अस्ट्रेलियासँग ७ विकेटले पराजित भयो । 

श्रीलंका न्यूजिल्याण्डलाई हराउँदै लयमा फर्कन चाहन्छ । न्यूजिल्याण्ड भने आफ्नो लय कायमै राख्ने सोचमा छ । जारी विश्वकपमा श्रीलंकन टोलीको कप्तानी अलराउन्डर दासुन शानाकाले गरिरहेका छन् । गत संस्करण उपविजेता न्यूजिल्याण्डको नेतृत्व भने केन विलियम्सनले नै गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्