काठमाडौं - नयाँ गभर्नर नियुक्तिको भोलिपल्ट शेयर बजार (नेप्से) ओरालो लागेको छ, यसलाई बजारले नयाँ नेतृत्वलाई नरुचाएको संकेतका रूपमा हेरिएको छ। डा. विश्वनाथ पौडेल गभर्नर बनेको भोलिपल्ट नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ मा पुगेको छ। आज १० अर्ब ६९ करोड रुपैयाँको कारोबार हुँदा अधिकांश उपसमूह तथा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।