×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

‘दराज’को महाबचत बजार अभियान सुरु

‘दराज’को महाबचत बजार अभियान सुरु

काठमाडौं - नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले श्रावण ३ देखि दराज महाबचत बजार सुरु हुने भएको छ। यस अभियानको मुख्य उदेश्य  ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु हो । यस अभियानमा रु. ४,००० सम्मको छुट, बैंक कार्ड वा आईएमई पे (IME Pay) मार्फत अनलाइन प्री-पेमेन्टमा रु २,००० सम्मको  छुट, रु. १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि शुल्क डेलिभारी , नि:शुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।

यस अभियानको लागि,नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मज्जा लिन सक्नेछन्। यी बैंकका डेबिट कार्डधारकहरूले १५ % (रु. १,५०० सम्म)को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २०% (रु २००० सम्म) छुट पाउनेछन। यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ।

यसैगरि, ग्राहकहरु आफ्नो आईएमई पे (IME Pay)खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्दछन् । आईएमई पे (IME Pay) मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २०% (रु. १,००० सम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०% सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ % (रु. ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २०% (रु. ५००) छुट पाउन सक्नेछन।

दराज महाबचत बजारमा प्रदर्शित “खेल एक रुपैयाँ”मा भाग लिए ग्राहकहरुले रु. १,३३,००० मूल्यको आई फोन १२ र रु. ५०,००० को श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे  (IME Pay) खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । येदि जितेनन भनि रकम फिर्ता हुनेछ।

दराज महाबचत बजारमा नयाँ सामसुङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसंग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले  आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।

“७०,००० भन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व-भुक्तान र आईएमई पे (IME Pay) मार्फत अझ बढी बचत गर्न सक्नेछन् । ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मद्दे छनौट गर्न सक्दछन् भने हाम्रो १०,००० भन्दा बढी विक्रेता  रदराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् । यसै गरि हामी छूट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं”-  दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ। त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ।

प्रतिकृया दिनुहोस्