×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पर्यटन

पाटन दरबारमा मनाइयो विश्व पर्यटन दिवस

पाटन दरबारमा मनाइयो विश्व पर्यटन दिवस

 

ललितपुर – पाटन दरबारक्षेत्रमा विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि दीप प्रज्ज्वलनसहित साइकल र्याली गरेर दिवस मनाइएको हो । 
    
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत्रले कम लगानीमा नागरिकको चेतना वृद्धि गराउने उल्लेख गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण पर्यटन क्षेत्र खुम्चिन पुगेको बताए । महानगरपालिका सांस्कृतिक सम्पदा केन्द्रका प्रमुख सहजीत राईले मुलुकमा पटकपटक भित्रने रोग र भूकम्पका कारण पर्यटन क्षेत्रलाई धेरै असर पुर्याएको उल्लेख गरे । ‘यस क्षेत्रलाई मजबुत बनाउन सबै क्षेत्रबाट साझा पहलको जरुरी छ,’ उनले भने ।

संघका अध्यक्ष मनोजबहादुर न्याछोंले सो दिवसका सन्दर्भमा दरबार क्षेत्रबाट पाटनका धार्मिक मार्गहरू करिब ८० ले साइकल यात्रीले यात्रा गरी भव्यताका साथ मनाइएको जानकारी दिए । ‘कोरोना महामारीले भासिएको पर्यटन क्षेत्र विकासका लागि समयसापेक्ष आकर्षित योजना ल्याउन जरुरी छ,’ उनले भने।

संघका कार्यसमिति सदस्य अपुलाल अवालेले पाटनमा आठौंदेखि १२ औं शताब्दीसम्मका मन्दिरहरू रहेका जानकारी गराउँदै नेपाल पर्यटन बोर्डले सोको प्रचारप्रसारमा लाग्नुपर्ने औंल्याए । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्लेसमेत ३५ औं कला नगरी घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्